बैशाख २२, चितवन ।
निर्वाचन विरोधी गतिविधी गरेको भन्दै ९ जना विरुद्ध चितवन प्रहरीले मुद्दा चलाएको छ । चितवनका विभिन्न क्षेत्रमा चुनाव विरोधी गतिविधीमा संलग्न रहेको आरोपमा उनिहरुलाई मुद्धा चलाइएको हो । उनिहरु सवै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता तथा कार्यकर्ता रहेका छन् । उनिहरुलाई म्याद थप गरि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
उमेद्वारको घरमा कालो झण्डा राख्ने, उमेद्वारी फिर्ताको लागी पत्र काट्ने, पैसा माग्दै धम्क्याउने, वम पड्काउछु भनेर धम्की दिने काममा उनिहरु संलग्न रहेको भन्ने जानकारी चितवन प्रहरीले दिएको छ ।
आजै मात्र चितवन प्रहरीले निर्वाचन गतिविधीमा संलग्न रहेको आरोपमा अनेमसंघ (क्रान्तिकारी) की केन्द्रिय सदस्य शिसम शाहीलाई नियन्त्रणमा लिएर छाडेको छ ।
शाहीलाई सोधपुछ पछि तारेखमा छोडिएको प्रहरी उपरिक्षक दिपक थापाले जानाकारी दिए ।
उनले निर्वाचन विरोधी गतिविधिमा संलग्नहरु प्रहरीको निगरानिमा रहेको बताए । चितवनमा उमेद्वार र मतदाताको भरपुर सुरक्षाका लागी प्रहरी अलट अवस्थामा रहेको थापाको भनाई छ ।
चितवनमा निर्वाचन सुरक्षाका लागी ९ सय १४ जना सुरक्षाकर्मी रिजर्भ राखिएको छ । अहिले जिल्लामा ३२ सय १५ जना नेपाल प्रहरी,करिव ५ सय जना शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको छ ।
विप्लवका नेता तथा कार्यकर्तालाई निर्वाचन विरोधी गतिविधी गरेको भन्दै चितवन प्रहरीले मुद्दा चलायो


0 comments
Write Down Your Responses