माओवादीद्वारा आक्रमण, एकको मृत्यु १५ सुरक्षाकर्मी घाइते
बैशाख १२, भारतका सशस्त्र माओवादी आन्दोलन अगाडि बढाइरहेका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति सेनाको एम्बुसमा परेर महाराष्ट्रको गाडचिरोली क्षेत्रमा अर्धसैनिक बल कमान्डो– ६० का १५ भन्दा बढी जवान गम्भीर रूपमा घाइते भएको र १ जनाको मृत्यु भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सो क्षेत्रमा ४८ घण्टामा तीनओटा भिडन्तका घटनाहरू भएको र घाइते र मृत्यु हुनेहरूको सङ्ख्या यो भन्दा बढी हुनसक्ने कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् ।
मंगलवार मात्र सिआरपिफ र महाराष्ट्र प्रहरीका तीनजना जवान माओवादीसितको भिडन्तमा घाइते भएका थिए ।
पहिलो एम्बुसपछि त्यसलाई सहयोग गर्न गएको एम्बुस–प्रतिरोधी गाडी नै एम्बुसमा परेको बुधबार साँझको त्यो घटनाबारे थुप्रै विवरण बाहिर आउन बाँकी रहेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् ।
सो क्षेत्रमा अहिले सरकारले कम्बिङ अप्रेसन चलाइरहेको छ ।



0 comments
Write Down Your Responses