कालिकोटमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको हतियार खोसियो, सुर्खेतमा पनि गिरफ्तार

बैशाख २२, कालिकोट । कालिकोट जिल्लाको रासकोट नगरपालिका वडा नं. ७ पुच्छे गाउँमा स्थानीय वासी र प्रहरी बीच झडप भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेताहरु गाउँमा भएको आशंकामा १५० जना भन्दा बढिको संख्यामा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरीको संयुक्त टोलिले गाउँमा घेरा हालेको थियो ।
आफ्नै घरमा खाना खाइरहेका नेकपाका नेता कर्ण बहादुर भण्डारीलाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेपछि स्थानीयले प्रतिकार गरेका थिए । आधा घण्टासम्म ढुंगामुडा हानाहान तथा दोहोरो झडप भएको थियो ।
झडपका क्रममा स्थानीयले प्रहरीहरुको राइफल समेत खोसेर भाँचिदिएका छन् ।
त्यसैगरी एक जना प्रहरीको आँखामा गम्भिर चोट लागेको छ भने ६ जना प्रहरी र ३ जना स्थानीय पनि घाइते भएका छन् ।
विना कारण आफ्ना नेता कार्यकर्ताहरुलाई दुःख दिएको र जनतालाई त्रसित गर्न खोजेकाकारणले पाार्टी र स्थानीय जनताले संयुक्त प्रतिरोध गर्नु परेको एक जना स्थानीयले बताए ।
घटना पछि उक्त गाउँलाई चुनाव गतिविधि निशेधित क्षेत्र घोषणा गरिने बताइएकोे छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका सुर्खेत जिल्ला सदस्य तथा इलाका सेक्रेटरी रामबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँलाई शुक्रबार दिउँसो ४ बजे घरमै बसिरहेको अवस्थामा विनाकारण गिरफ्तार गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको शान्तिपुर्ण एकीकृत जनजागरण तथा प्रतिरोध अभियानबाट अत्तालिएको प्रचण्ड सरकारले आतंकित हुँदै नेकपाका नेता तथा कार्यकर्ताहरुलाई देश ब्यापीरुपमा गिरफ्तार तथा धरपकड गर्ने कार्य बढाएको नेकपाका कार्यकर्ताले बताएका छन् ।


0 comments
Write Down Your Responses