गट्टाघरमा बम विष्फोट
बैशाख ३१, काठमाडौं । भक्तपुरको गट्ठाघरस्थित मध्यपुर ठिमी नगरपालिका ३ मा एमालेका मेयरको घरमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । मध्यपुर ठिमी बस स्टेनमा छेउमा नेकपा एमालेका मेयर प्रत्याशी मदनचन्द्र श्रेष्ठको घर अगाडि अज्ञात समूहले राखेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले विस्फोट गराएको हो ।
मध्यपुर नगरपालिकाका मेयर उम्मेदवार श्रेष्ठले निर्वाचन विथोल्ने लक्ष्यले बम राखिएको बताएका छन् ।
एउटा बम विस्फोट गराए लगत्तै सेनाले अर्को बम विस्फोट गराएको छ । उक्त क्षेत्रका स्थानीयवासीमा आतंक फैलिएको छ ।
बम विस्फोट भएको स्थल भन्दा दुई सय मिटर टाढा आदर्श जनप्रेमी मावि कौशलटारमा मतदान केन्द्र रहेको छ । बम विस्फोट स्थलमा सेना, प्रहरी, मानवअधिकार्मीको टोली उपस्थित भएका छन् ।



0 comments
Write Down Your Responses