नावालक बच्चा सहित मध्यराती नेकपाका नेताकार्यकर्ता गिरफ्तार



 बैशाख २२, चितवन ।
खैरहनी नगरपालिकामा अवस्थित आफ्नै निवासमा सुतिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीकी चितवन जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सिसम शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । बिहिबार मध्यराति १ः३० बजे १० वर्षीय छोरा सुजित र ४ वर्षीया छोरी सुवाशना सहित छापामार शैलीमा प्रहरीले उहाँलाई गिरफ्तार गरेको हो ।

त्यसैगरी विहिबार राती १०ः३० बजे रत्ननगर नगरपालिका स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी, चितवन जिल्ला सचिवालय सदस्य मिनप्रसाद सापकोटा सहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

साथै बुधवार आफ्नै पसलमा बसिरहेको अवस्थामा नेकपाका कार्यकर्ता ददीराम सहित थप ३ जनालाई र पुलचोक बाट थप १ जनालाई प्रहरीले गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।

सामान्य मानवीय मूल्य मान्यताको पनि ख्याल नगरी आस्थाको आधारमा दमन, धर पकड गरेर प्रचण्ड सरकार फाँसिवादमा रुपान्तरित भएको प्रष्ट भएको चितवनका इन्चार्ज/सेक्रेटरी लालबहादुर बीसीले बताएका छन् ।

0 comments

Write Down Your Responses