काठमाडौंका उमेद्वारहरुका घरघरमा कालो झण्डा, चुनाव खारेजी अभियान तीब्र

बैशाख २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले कथित स्थानीय चुनाव खारेज अभियानलाई तीव्रता दिएको छ ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीले चुनाव हुन नदिने भन्दै राजधानीसंगै जोडिएको चन्द्रागिरी नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयरका उमेद्वार घनश्याम गिरि, माओवादी केन्द्रबाट मेयरका श्रीकृष्णमहर्जन, उपमेयरका उर्मिला रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयेरका मदन थापा मगर र एमालेबाट वडा वडा अधक्ष्यमा नारायण महर्जनका घरमा शुक्रबार बिहानै नेकपाका कार्यकर्ताहरुले कालो झण्डा गाडेका छन् ।
चुनाव खारेजीको कार्यनीति अनुसार चैत २४ गतेदेखि उनीहरुले सो अभियान सुरु गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारले चुनाव विरोधी गतिविधि निश्तेज पार्ने भन्दै देशैभरी विनाकारण नेकपाका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने क्रम बढेको छ ।


0 comments
Write Down Your Responses