चुनावी गतिविधि निषेधित क्षेत्र घोषणा, स्थानीय जनताद्वारा माओवादी केन्द्रका चुनाव प्रचार सामाग्री कब्जा

स्थानीय जनताले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकालाई चुनाव प्रचार निषेधित क्षेत्र घोषणा गरेको र आफ्नो वडामा चुनावी प्रचार र गतिविधि गर्न समेत प्रवेश रोक लगाएका छन् ।
बिहिबार कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्थानीय निर्वाचनका लागि प्रचार अभियान लिएर हिडेको माओवादी केन्द्रको टोलीलाई स्थानीय जनताले प्रतिकार गर्ने क्रममा झडप भएको छ साथै प्रचार सामाग्री समेत कब्जामा लिएका छन् ।
निर्वाचनका नाममा जनतालाई आँखामा छारो हाल्न निर्वाचनको नाटक गरिएको, जनताका दैनिकी समस्या समाधान नभएको भन्दै स्थानीयहरुले निर्वाचन अभियानलाई गाउँमा निःषेध गरिएको कालिकोटबाट एक स्थानीयले बताएका छन् ।


0 comments
Write Down Your Responses