साढे एक हजारको उमेद्वारी फिर्ता, काठमाण्डौमा मात्रै ५४ जनाले फिर्ता लिए



वैशाख २२, काठमाडौँ  । 
पहिलो चरणको स्थानीय चुनावमा विभिन्न पदमा उमेद्वारी दिनेमध्ये १ हजार ४ सय ९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

१३ हजार ५ सय ६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार २ सय ७ जनाले उमेद्वारी दिएका थिए ।

निर्वाचन आयोगका अनुसार काठमाडौंमा ५४, ललितपुरमा ३५, भक्तपुरमा ३२ काभ्रे २६, सिन्धुपाल्चोकमा ४५, नुवाकोटमा ७२, धादिङमा ५७, रसुवामा २७, सिन्धुलीमा १६, रामेछापमा ३३ दोलखामा ४७, मकवानपुरमा ३६ र चितवनमा ३० जनाले  उमेद्वारी फिर्ता लिएका छन्।

सल्यानमा २५, रुकुममा ५६, सुर्खेतमा ३९, दैलेखमा ६६, जाजरकोटमा २४, कालीकोटमा १२३, मुगुमा ३०, डोल्पामा ३४, जुम्लामा ६६, हुम्लामा ६१ जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

कास्कीमा ३०, मनाङमा १६, स्याङजामा ५९, गोरखामा ३२, लमजुङमा ५६, तनहुँमा ४५, नवलपरासीमा ५५, बागलुङमा ९३, पर्वतमाा ४०, म्याग्दीमा २६, मुस्ताङमा १२ जनाले  उमेद्वारी फिर्ता लिएका छन् ।

पहिलो चरणको निर्वाचनमा  उमेद्वारी दिनेलाई आयोगले बिहीबार १० बजेसम्म नाम फिर्ता लिने समयसीमा तोकेको थियो ।

0 comments

Write Down Your Responses