फेसबुकमा हजार लाइको लोभमा छोरो झुण्ड्याउँदै निर्दयी बाबु

असार ६, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा १ हजार लाईक पाउन बाबुले छोरालाई झ्यालमा झुण्ड्याउँदै गरेको तस्विर सार्वजनिक भएपछि अल्जेरीयाको एक अदालतले बाल अपराध किटान गर्दै २ वर्ष कैद सुनाएको छ । 

अल्जेरीयाको राजधानी अल्जीयर्सको एक अपार्टमेन्टको १५ औं तलामा बस्ने बाबुले झ्यालमा छोरालाई झुण्ड्याउँदै फेसबुकमा १ हजार लाईक नपाए तल झारिदिने भन्दै स्टाटस सहित तस्विर सार्वजनिक गरेका थिए । आइतबार फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले बाल उत्पीडन भएको भन्दै उजुरी गरेपछि अदालतले २ बर्षको कैद सुनाएको बीबीसी हिन्दीले अल अरेविया वेवसाइटलाई उदृत गर्दै समाचार बनाएको छ ।

0 comments

Write Down Your Responses