विप्लवका नेता कार्यकर्ता रिहाइ गर्न एमाले नेताको माग
असार ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेता कार्यकर्ताको गिरफ्तारी प्रति आपत्ति जनाउँदै नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् प्रचार विभाग उपप्रमुख सूर्य थापाले रिहाइको माग गरेका छन् ।
मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै थापाले शान्तिपुर्ण ढंगबाट आफ्नो राजनीतिक गतिविधि गर्न पाउने अधिकारमाथि राज्यले हस्तक्षप गरेर लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको बताएका छन् ।
जेठ २४ गते प्यूठानको मान्डवी गाउँपालिका बैठक बसिरहेको अवस्थामा नेकपाका राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाठा ‘सुवास‘ र केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का ‘असल‘ सहित एक दर्जन नेता कार्यकर्ता गिरफ्तार गरेको विषयलाई लिएर उक्त कुरा लेखेका हुन् ।
साथै उनले संविधानले प्रदान गरेको हक अधिकार सत्ताधारीले मात्र होइन सत्ताका आलोचकहरुले समेत उपयोग गर्न पाउननुपर्ने जनाउँदै चुनाब खारेजका नाममा नेकपाका नेता कार्यकर्ता गिरफ्तारी गर्ने कार्यले संविधानले प्रदान गरेका मौलिक अधिकारहरु माथि अंकुश लगाउने कार्य भएको जनाएका छन् ।



0 comments
Write Down Your Responses