१६ र १७ गते मकवानपुर बन्द



असार १४, मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी, नारायणी व्यूरोले विज्ञप्ति प्रकाशित गरी आफ्ना नेता कार्यकर्ता गिरफ्तारीको विरोधमा असार १६ र १७ गते मकवानपुर बन्दको घोषणा गरेको छ, साथै असार १५ गते व्यापक प्रचारप्रसार र जनकार्वाहीलाई तिव्रता दिने जनाइएको छ ।

असार १३ गते मकवानपुर जिल्लाको हेटौंडा बजारबाट प्रहरीद्वारा गिरफतार गरिएका नारायणी  व्यूरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज क. ज्वाला र मकवानपुर जिल्ला सचिवालय सदस्य क. सोम घलानलाई प्रहरीले विना कारण गिरफ्तार गरेको र मकवानपुर जिल्ला सचिवालय सदस्य क. दिलिप स्याङ्तानलाई पनि केहि दिन अघिबाट हिरासतमा राखिरहेकोले पार्टीले संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य भएको नारायणी व्युरो इन्चार्ज चिरन पुनले विज्ञप्तिमा जनाउनु भएको छ

गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्तालाई विनासर्त यथाशिघ्र रिहाई गर्न जोडदार माग गर्दै, प्रहरी/प्रशासनको यसप्रकारको रवैयाप्रति घोर भत्र्सना समेत गरिएको छ ।


प्रेस विज्ञप्तीको पूर्ण पाठ:
मितिः २०७४ असार १४  

मिति २०७४ असार १३ गते मकवानपुर जिल्लाको हेटौंडा बजारबाट हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नारायणी व्यूरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज क. ज्वाला र मकवानपुर जिल्ला सचिवालय सदस्य क. शोम घलानलाई प्रहरीले विना कारण गिरफ्तार गरेको छ, भने मकवानपुर जिल्ला सचिवालय सदस्य क. दिलिप स्याङ्तानलाई पनि केहि दिन अघिबाट गिरफ्तार गरि हिरासतमा राखिरहेको छ ।

अहिले देशभर प्रहरी/प्रशासनले विनाकारण हाम्रो पार्टीका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, अनावश्यक झुट्टा मुद्धामा फसाउने, जेल हाल्ने, षडयन्त्र मुलक ढंगले अनावश्यक धरौटी तोक्ने, तारिक दिने, घर परिवारलाई अनावश्यक मानसिक तनाव दिने जस्ता निलज्र्ज गतिविधीहरु बढाई रहेको छ । प्रहरी÷प्रशासनको यसप्रकारको गतिविधी हाम्रो पार्टीको लागी कुनै हालतमा पनि स्वीकार्य छैन । दलाल सत्ताका मतियारहरुले के कुरा बुझ्न आवश्यक छ भने जनताको न्यायपूर्ण आन्दोलन दमन गरेर रोकिने छैन, बरु झनै त्यसले जनतालाई उर्जा पैदा गर्ने र दलाल सत्तालाई नाङ्गोझार पार्नेछ ।

हाम्रो पार्टी विनाकारण गिरफ्तार गरिएका जिल्ला ईन्चार्ज क. ज्वाला, मकवानपुर जिल्ला सचिवालय सदस्य क. शोम घलान र जिल्ला सचिवालय सदस्य क. दिलिप स्याङ्तानलाई विना सर्त रिहाई गर्न जोडदार माग गर्दछ । प्रहरी/प्रशासनको यस प्रकारको रवैया प्रति घोर भत्र्सना गर्दै निम्न अनुशार संघर्षका कार्यक्रम घोषणा गर्न वाध्य भएका छौ । हाम्रो यो न्यायपूर्ण संघर्षको कार्यक्रमलाई सहगोग र समर्थन गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदाय प्रति हार्दिक अनुरोध गरिन्छ ।

संघर्षका कार्यक्रमहरुः 
१. २०७४ असार १५ गते (भोली) जिल्ला भर प्रचार/प्रसार ।
२. जिल्ला व्यापी जन कारवाहीलाई तिब्रत दिने ।
३. २०७४ असार १६ र १७ गते मकवानपुर जिल्ला वन्द गर्ने ।

यदि नछोडिए यो भन्दा उच्च संघर्षको कार्यक्रम गर्न वाध्य हुनेछौं ।

(चिरन पुन)
ईन्चार्ज
नारायणी व्यूरो




0 comments

Write Down Your Responses