गणेशमान सिंहको ‘सल्यान इतिहास र सपना’ सार्बजनिक

उहाँले मार्क्सको पुँजी खास गरी राजनैतिक अर्थशास्त्र सम्बन्धी भएतापनि सौन्दर्यशास्त्र, सैन्य विज्ञान र दर्शनको पनि संकेन्द्रीतरुप भएको उल्लेख गर्दै अहिले पुँजी जस्ता पुस्तकको आवश्यकता भएकोले लेखनमा साहित्य मिसियो र वाक्य सरल भए भने पढनलाई पट्यार नलाग्ने हुन्छ भन्नुभयो । यस्तै पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै एमालेका नेता प्रकाश ज्वालाले लेखकहरु निर्मम भएर लेखेपछि मात्र सत्य कुरा बाहिर आउने बताउनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता रत्नबहादुर ओली, नेकपाका केन्द्रीय सदस्य मोहलाल चन्द ‘आधार’, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिहंलगायतले पुस्तकको वारेमा समीक्षा गर्नुभएको थियो । कार्यक्रममा लेखक स्वयंले पुस्तक लेख्दाको अनुभवबारे वताउनुभएको थियो ।
अखिल नेपाल जनसास्कृतिक महासंघका केन्द्रीय अध्यक्ष टेक बलम्पाकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासंघका महासचिव खेम थपलियाले गर्नुभएको थियो ।



0 comments
Write Down Your Responses