नेकपाका बर्दिया इन्चार्ज देवकला अधिकारीसहित २२ जना रिहा
असार १५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, बर्दिया इन्चार्जसहित २२ जना नेता तथा कार्यकर्ताहरु रिहाइ भएका छन् ।
रिहाइ हुनेहरुमा देवकला अधिकारी, राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य नविन रानालगायत २२ जना बिहिबार अपरान्ह रिहाइ भएका हुन् ।
उहाँहरुलाई वैशाख २१ गते प्रहरीले पार्टीको बैठक बसिरहेको अवस्थामा गिरफ्तार गरिएको थियो ।
बर्दिया सदरमुकाम गुलरियामा पत्रकार भेटघाट गर्दै जिल्ला इन्चार्ज देवकला अधिकारीले रिहाइ भएका सबैलाई अभिनन्दन गर्नु भएको छ ।


0 comments
Write Down Your Responses