नेपाली सेना दिनभर हाइ एलर्टमा



अम्बिका चन्द/असार १३, काठमाडौं । चुनावी लगनको लागि शुरु गरिएको मौन अवधिमा बम आतंक फैलिए पछि नेपाली सेनाको प्राविधिक टोली आज दिनभरी सक्रिय बनेको छ । गएराती र विहानको समयका चुनाव हुने भनिएका विभिन्न स्थानहरुमा राखिएका बम निस्क्रिय गर्न नेपाली सेनाको टोली सक्रिय भएको हो । 

यसैबीच अछामको तुर्माखाड बजार, कालिकेश्वरी मा.वि. नजिक र सिद्धेश्वरी मा.वि. नजिकका मतदान केन्द्रमा राखिएका बम नेपाली सेनाले निस्क्रिय गरेको छ । यस्तै कमलविनायकमा राखिएको बम पनि निस्क्रिय गरिएको छ । 

यता दाङको घोराही महानगरपालिकाको मुल सडकको वीपी चोकमा र अरनिको मैदानमा राखिएको बम पनि सेनाले निस्क्रिय गरेको छ भने तुल्सिपुरमा रहेको काग्रेस उम्मेदवार गेहेन्द्र गीरीको घरमा फेला परेको बम पनि निस्क्रिय गरिएको छ ।  

यस्तै वाजुराको मार्तडिमा फेला परेको शक्तिशाली बम निस्क्रिय गर्नको लागि उक्त इलाकामा कर्फ्यू जारी गर्नु परेको अवस्था छ भने झापाको दमकमा पनि माओवादी उम्मेदवारको घरमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय गरेको छ । 

चुनावको अघिल्लो दिन खास गरी १ र ७ नम्वर प्रदेश अन्तर्गतका जिल्लाहरुमा आज यत्रतत्र बम फेला परिरहेकोले ति क्षेत्रमा बम निस्क्रियको लागि नेपाली सेना खटिएको छ भने बम आतंकले जनमानसमा त्रास फैलिएको छ ।

0 comments

Write Down Your Responses