अमेरिका भागे महत

असार १३, काठमाडौं । राज्यलाई २१ अर्ब नोक्सान पुग्ने गरी अनियमितता गरेको आरोप लागेका कर फस्र्यौट आयोगका अध्यक्ष अमेरिका भागेका छन् । तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको अगुवाईमा गठन गरिएको कर फस्र्यौट आयोगमा अध्यक्ष महत सदस्यमा उमेश ढकाल र चुडामणी शर्मा सदस्य सचिव थिए । महालेखा परिक्षकको ५४ औं प्रतिवेदनमा यो प्रकरण छानविन गर्नुपर्ने विषय उल्लेख भएपछि अख्तियारले छानविन अगाडि बढाएको थियो । ज्येष्ठ १९ गते आन्तरिक राजस्व विभागका महानिर्देशक एवम् कर फस्र्यौट आयोगका सदस्य सचिव चुडामणी शर्मालाई अख्तियारले पक्राउ गरेको थियो भने महत र ढकाललाई पक्राउ पुर्जी जारी गरेको थियो । हाल महत अमेरिकाको टेक्सास स्थित हौस्टनमा रहेको छोरी ज्वाईको घरमा पुगेको जनाइएको छ ।
उता ढकाल पनि विदेश पलायन भैसकेको स्रोतले बतायो ।

0 comments

Write Down Your Responses