विहानैदेखी बन्दको बलियो प्रभाव/अवज्ञा गर्नेहरु कार्वाहीमा

अम्बिका चन्द/असार १३, काठमाडौं । नेकपाले चुनावलाई लक्षित गरी मंगलवार १, ५ र ७ नम्वर प्रदेशमा आह्वान गरेको बन्दको विहानैदेखि बलियो प्रभाव परेको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने कतिपय स्थानमा प्रहरीले स्कटिङ्ग गर्दै सवारी साधन चलाएको छ । यसैबीच बन्दको अवज्ञा गरी सवारी साधन चलाएकोले इलामको पुवाखोलामा एउटा ट्रक र गोदकमा एउटा पिकअप भ्यान ध्वस्त भएको खवर छ ।
त्यस्तै झापाको दमकमा माओवादी उम्मेदवारको घरमा एकाविहानै बम भेटिएको छ भने प्रदेश नं १ र प्रदेश नं ७ अन्तर्गतका विभिन्न ठाउँहरुमा बम फेला परेकोले वम डिस्पोजको लागि नेपाली सेनाको टोली खटिने क्रम जारी छ ।



0 comments
Write Down Your Responses