धनकुटामा शक्तिशाली सिलिण्डर बम विष्फोट


असार १३, काठमाडौं । धनकुटाको साँघुरीगढी गाउँपालिका–६ स्थित कोलबोटेमा सोमबार राती ८ बजे सिलिण्डर बम विष्फोट भएको र धनकुटा नगरपालिका–६ मा पनि आइतबार राती अज्ञात समुहले बम बिस्फोट गराएको छ । 

त्यसैगरी सल्लेरीको आँखा अस्पतालमा रहेको निर्वाचन केन्द्र नजिक आइतबार राती करिव १० बजे बम बिस्फोट भएको छ । निर्वाचन केन्द्रबाट करिव २ सय मिटर उत्तर–पश्चिममा बिस्फोट भएको थियो । 

घटनास्थलमा सिलिण्डरको खवटाहरु भेटिएकाले सिलिण्डर बम बिस्फोट भएको श्रीमेहर गणका गणपती बासुदेव धिमालले जानकारी दिएका छन् । दुवै स्थानमा भएका बम विष्फोटबाट मानविय क्षति भने भएको छैन ।

0 comments

Write Down Your Responses