मकवानपुर जिल्ला इन्चार्ज सहित २ गिरफ्तार

सो गिरफ्तारीको विरुद्ध नारायणी ब्युरो इन्चार्ज चिरन पुनले मंगलबार एक विज्ञप्ति मार्फत निन्दा गर्नु भएको छ ।
विज्ञप्तिको पूर्णपाठ–
आज मिति २०७४ असार १३ गते मकवानपुर जिल्लाको हेटौडा बजारबाट हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज क। ज्वाला र मकवानपुर जिल्ला सचिवालय सदस्य क। सोम घलानलाई प्रहरीले विना कारण गरेको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी नारायणी ब्युरो प्रहरीरप्रशासनको यस प्रकारको ज्यादतीप्रति घोर विरोध तथा भत्र्सना गर्दछ । दलाल संसदीय सत्ताले नेपाली जनतालाई जबर्जस्त थोपरेको कथित स्थानीय निर्वाचनको नौटंकी संकटकालमा जस्तो गरी सेना परिचालन गरेर बन्दुकको घेरावन्दीमा भैरहेको छ । यसलाई हाम्रो पार्टीले राजनैेतिक तथा प्राविधिक हिसावले यो कथित निर्वाचनको नौटंकीलाई खारेज गरिसकेको सुस्पस्ट छ । दलाल सत्ताको मतियार देउवा सत्ता र त्यसको गृहमन्त्रीले हाम्रो पार्टी र नेतृत्वको बारे निर्लज्ज रोदनसहित देशभर कोलाहाल मच्चाइरहेका छन् । देशभरबाट करिब २ सय भन्दा धेरै हाम्रो पार्टीका नेताकार्यकर्तालाई विना कारण गिरफ्तार गरेर विभिन्न झुट्टा मुद्दामा फसाउने काम भएको छ । अवस्य सहि विचार र दृष्टिकोणबाट अघि बढेको जनताको आन्दोलनलाई सत्ताको दमनले रोकेको इतिहास कंही कतै छैन, बरु झनै आन्दोलनलाई उर्जा प्रदान गर्नेछ ।हाम्रो पार्टी नारायणी ब्युरोले विना कारण गिरफ्तार गरिएका मकवानपुर जिल्ला इन्चार्ज क। ज्वाला र मकवानपुर जिल्ला सचिवालय सदस्य क। सोम घलानलाई विनासर्त अभिलम्व रिहाई गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छ । अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् दलाल सत्ता र त्यसको मतियारहरुनै हुने कुराको यसै विज्ञप्ति मार्फत स्पस्ट पार्न चाहन्छ ।



0 comments
Write Down Your Responses