मेची अञ्चलबाट मात्रै २७ जना गिरफ्तार

निर्वाचनको बेला शान्ति सुरक्षामा असर पर्ने भन्दै उनीहरुलाई विभिन्न ठाउँबाट गिरफ्तार गरिएको हो । गिरफ्तार गरिएकाहरुलाई हाल विभिन्न ठाउँका हिरासतहरुमा राखिएको छ । धरैजसोलाई आफ्नै घरमा बसिरहेको, खाना खाइरहेको, बाटोमा हिडिरहेको, घरमा सुतिरहेको, व्यक्तिगत र राजनैतिक काम गरिरहेको बेला गिरफ्तार गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा नेकपाका केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्म रहेको नेकपा स्रोतले जानकारी दिएको छ।नेकपा केन्द्रीय सदस्य सन्तकुमार लिम्वु ‘सुमन’ लाई पक्राउ गरी झापाको चन्द्रगढीमा राखेको छ ।
यसैगरी झापा जिल्ला इन्चार्ज कृष्ण अधिकारी ‘उमेश’, सेक्रेटरी तारा थापा, जिल्ला जनपरिषद प्रमुख सुमनसिंह पौडेल, मेची ब्युरो सदस्य डिल्ली कुमार मैनाली र जिल्ला सदस्य कमल पराजुलीलाई गिरफ्तार गरेको छ । यस्तै जिल्ला सदस्य तारा थापा ‘प्रशान्त’ र दिलिप थापालाई रौतहतमा राखेको छ ।
यस्तै नेकपा इलाम सेक्रेटरी पुष्प भट्टराई ‘त्रिलोचन’, युवा संयोजक धनवहादुर मगर ‘आकाश’, महिला संयोजक कालु बुढाथोकी, राजु, अटल र बादललाई पक्राउ गरी विभिन्न हिरासतमा राखेको छ ।
यस्तै पाँचथर जिल्ला इन्चार्ज अर्जुन आर्चाय ‘सौगात’, ब्युरो सदस्य सागर लिम्वु ‘सकल’, जिल्ला सदस्यहरु शेरबहादुर लिम्बु, विरेन्द्र मगराती, युवा संघका सदस्यहरु विजय नेम्वाङ, कविराज लिम्वु, अमर परियार, जीतबहादुर लिम्बु र विशाल लिम्बु रहेका छन् ।
यस्तै ताप्लेजुङबाट जिल्ला सदस्यहरु रामकुमार चुडाल, विजय फेम्वु, अविषेक तामाङ र मिलन प्रसाई रहेका छन् ।
जेष्ठ १५ गतेसम्म आफ्ना २७ जना नेता–कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको मेची ब्युरो कार्यालयले पुष्टि गरेको छ । यसरी आफना नेता–कार्यकर्ताहरुलाई विना कारण पक्राउ गर्नु संसदीय व्यवस्थाको आतंकित र पराजित मानसिकता भएको मेचीका कार्यवाहक ब्युरो इन्चार्ज समालिरहनु भएका थमनसिंह राई ‘निर्मल’ले बताउनु भएको छ ।


0 comments
Write Down Your Responses