२१ अरब काण्डमा महत र ढकाललाई पक्राउपुर्जी
असार ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्योट आयोगका दुई पदाधिकारीलाई पक्राउ पुर्जी जारी गरेको छ । २०७१ सालमा तत्कालिन अर्थमन्त्री रामशरण महतले उक्त आयोग गठन गरेका थिए । अख्तियारले तत्कालिन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पक्राउ पुर्जी जारी गरेको हो । आयोगले २१ अर्ब कर मिनाहा दिएको बारे बुझ्न पटकपटक ताकेता गर्दापनि उनीहरु उपश्थित नभएपछि प्रहरीलाई पत्र लेखेको आयोग श्रोतले जानकारी दिएको छ । नेपाल समाचापत्र दैनिकबाट


0 comments
Write Down Your Responses