गृहमन्त्रि र अर्थमन्त्रि नै तस्करीमा– बास्तोला

असार ३, काठमाडौं । देशमा गृहमन्त्रि र अर्थमन्त्रि भइसकेका नेताहरु नै सुन र सुपारी तस्करीमा लागेर देशकै वेइजत भएको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला कञ्चनले बताएका छन् ।
शनिवार राजधानीको पद्मकन्या क्याम्पसको डेनिस हलमा अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रिय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
गृहमन्त्रि भैसकेका कृष्णप्रसाद सिटौला झापामा सुपारी तस्करी गर्नुपर्ने र पूर्व अर्थमन्त्रि तथा बहालवाला परराष्ट्रमन्त्रि कृष्णबहादुर महराले सुन तस्कर गर्नुपर्ने कारण वर्तमान दलाल पूँजिवादी संसदीय व्यवस्थाको प्रतिफल भएको बास्तोलाले बताएका छन् ।
जसरी पनि संसदमा आफ्नो उपस्थिति जनाएर सत्ता र सक्तिको प्रयोग गर्न गलत तरिकाबाट आर्थिक उपार्जन गर्नुपर्ने बाध्यता संसदीय व्यवस्थाले पैदा गरिरहेको उनले बताए ।
संसदवाद, फाँसिवाद र साँस्कृतिक आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता इश्वरचन्द्र ज्ञवाली, माओवादी केन्द्रका घनश्याम शर्मा पौडेल र साँस्कृतिक कर्मी रोशन जनकपुरी लगाएतको उपस्थिति रहेको थियो ।


0 comments
Write Down Your Responses