राप्ती बन्द पूर्णरुपमा सफल

गिरफ्तार गरिएका पार्टीका नेता तथा कार्यकर्तालाई लगाएको झुठा मुद्दा फिर्ता गरी रिहा गर्न मागसहित गरिएको बन्द राप्ती भरी सफल रहेको नेकपा राप्ती ब्यूरोले जनाएको छ । सरकारले बैठक बसिरहेका बेला गत हप्ता प्यूठानको तिरामबाट केन्द्रीय सदस्यद्वय केशबहादुर बाठा र चन्द्रबहादुर खड्कासहित १२ जनालाई बिनाकारण गिरफ्तार गरेको थियो । चन्दलाई तारेखमा छाडिए पनि ११ जनालाई १० दिनको म्याद थपेर थुनामा राखिएको छ । यस्तै दाङमा चार जनालाई, रोल्पामा चौंध जनालाई गैरन्यायिक रुपमा थुनामा राखिएका सबैलाई बिनासर्त रिहाईको माग गर्दै नेकपा राप्ती ब्यूरोले बन्दको घोषणा गरेको हो । बन्दकर्ताको मागबारे सरकारले अहिलेसम्म कुनै प्रकारको चासो देखाएको छैन ।
यसैबीच नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष किरणले नेकपाका नेता–कार्यकर्तालाई चुनाव बहिस्कार गरेको भरमा विनाकारण थुनछेप तथा झुठ्ठा मुद्दामा फसाइएको भन्दै त्यसका विरुद्ध विज्ञप्ति जारी गर्नु भएकोमा नेकपाका महासचिव विप्लवले क. किरण र सो पार्टी प्रति आभार व्यक्त गर्नुभएको छ ।

0 comments
Write Down Your Responses