जसको घरबार ठगियो उसैलाई अपहरणको आरोप

असार ११, काठमाडौं । अलेकजेन्डर सिंह राजा, आदित्य विक्रम शाह जस्ता नाम लिएर ठगि गर्ने गिरोहका नाइके हुन् रामेछाप मन्थली वडा नं. ४ का स्थायी बासिन्दा गोपालबाबु श्रेष्ठ । साथमा पार्टनर छिन कविता दाहाल जसलाई आश्था र ऐश्वर्य माताको नामले चिनिन्छिन् । उनीहरुको एउटै पेशा हो नवलपरासीमा ४००० विगाहामा जडिबुटी खेती र उद्योगको भिडियो देखाएर अरबौंको प्रोजेक्ट भजाउँदै सोझा सिधासँग पैसा असुल गर्नु । उनीहरुको कम्पनीको नाम हो श्री ओम श्री मल्टी प्रपोज कम्पनी । यो कम्पनीको नाममा काठमाडौं टेकुका मदन महर्जनकी श्रीमती अञ्जु देउला ठगिइन उनै अवैद्य दम्पतीबाट । ३ बर्ष पहिले पटक पटक गरी ६० लाख रुपैयाँ यि दम्पतीले अञ्जु देउलासँग असुले । अञ्जुले कम्पनीको नाममा लगानी भएर दिएको ६० लाखको ब्याज अहिले ९३ लाख पुग्यो । प्रत्येक महिना एकलाख मुनाफा दिने नाममा गरेको लगानी लिएर जब गोपाल बाबु श्रेष्ठ र कविता दाहाल फरार भए तब झस्किए अञ्जु देउला । पैसा लिएर फरार यि दम्पतीको बारेमा प्रहरीमा गए तर सुनुवाई भएन । वित्तिय संस्था र व्यक्तिहरुसँग चर्को व्याजमा ऋण दिन उनै माता दम्पतीले अञ्जुलाई प्रोत्साहन दिए । श्रीमान् लाई समेत थाहा नदिन माता कविताले दवाव दिए । श्रीमानले थाहा पाए श्रीमानको दशा विग्रेको कारण तिम्रो घरमा जे पनि हुन सक्छ भन्दै डर देखाए माताले । अञ्जुलाई छोरी बनाए, मदनलाई ज्वाईँ । त्यही थियो श्रेष्ठ र दाहालको ठगिको काइदा । जब अञ्जुले नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनको कार्यालयमा आफ्नो पीडा पोखे र सहयोग गर्न आग्रह गरे । संगठनको पहलमा श्रेष्ठ र दाहाल लुकेर बसेको स्थान पत्ता लगाई शनिवार दिउँसो पीडितहरु सहित छलफल गर्न उनीहरु लुकेर बसेको होटलमा पुग्यो । संगठनको कार्यालयमै छलफल गर्ने सहमतीका साथ छलफल चलिरहँदा नयाँ बसपार्कको तनहुँ पर्वत स्याङ्जा गेष्ठहाउसका मालिक (जो श्रेष्ठ दम्पतिसँगै मिलेर ठगि धन्दा संचालन गर्थे) ले प्रहरीलाई गलत सुचना दिइ अपहरण गर्यो । पीडित र पिडक दुवैको छलफलमा पैसा तिर्ने सहमति भइसकेपछि श्रेष्ठ दम्पतीलाई होटलमा पुर्‍याउन जाँदा प्रहरीले गिरफ्तार गर्‍यो पीडित देउला दम्पति र उनीहरुको सहयोगमा गएका संगठनका कार्यकर्तालाई । कस्तो अचम्म जसको घरबार सिद्धिने गरी ठगिमा पर्‍यो उही पीडित अपहरणको आरोपमा प्रहरीको खोरमा । अञ्जु देउलासँग रहेको औंठी, सिक्रि र मंगलसुत्रसमेत लुटेर ठगि गर्ने श्रेष्ठ दम्पति पनि अहिले प्रहरी हिरासतमै छन् ।

संगठनका केन्द्रिय कार्यालय सचिव रजमान तामाङले जनाए अनुसार– ‘श्रेष्ठ दम्पतिबाट पीडित भएका दर्जनौं व्यक्तिहरु सहयोगको याचना गर्दै संगठनको सम्पर्कमा आइरहेको’ बताएका छन् ।

0 comments

Write Down Your Responses