धोकेबाजसँग एकता हुँदैन– अध्यक्ष किरण


जेठ २८, काठमाडौं । प्रधानमन्त्री पदबाट राजीनामा गरेको एक साता पनि नवित्दै लाजिम्पाट दरबारमा केही स्थानीय काँग्रेस माओवादी धारका कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुस्पकमल दाहालले माओवादी पार्टीहरु बीच गरेको एकताको आव्हानलाई क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरणले’ ठाडै खारेज गर्नुभएको छ ।

विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी र मोहन बैद्य ‘किरण’ ले नेतृत्व गरेको क्रान्तिकारी माओवादीलाई एकतामा आउन प्रचण्डले गरेको आव्हानलाई अध्यक्ष किरणले खारेज गरिदिनुभएको हो ।

देशी विदेशी दुस्मनहरुसंग आत्मसमर्पण गरेर माओवादी आन्दोलनमा धोका दिएका कारण प्रचण्डसँग एकता हुन नसक्ने अध्यक्ष किरणको जिकिर छ । 

आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै किरणले माओवादी केन्द्र र त्यसको मुल नेतृत्वले नेपाली जनयुद्ध, जनवादी क्रान्ति र साम्यवादका उदात्त आदर्श प्रति गम्भिर विश्वासघात गरेको पनि बताउनुभएको छ । साथै वहाँले माओवादी केन्द्रको मुल नेतृत्वद्वारा गरिने यस प्रकारको आव्हान नेपालमा सच्चा कम्युनिस्टलाई ध्वस्त पार्नका लागि बैदेशिक प्रतिकृयावादीहरुद्वारा निर्देशित दक्षिणपन्थी संशोधनवदी षड्यन्त्र हो भन्नुभएको छ । मालेमावाद, नयाँजनवाद, बलप्रयोगको सिद्धान्त, बैज्ञानिक समाजवाद, साम्यवाद स्विकार गर्ने साम्राज्यवाद विस्तारबाद सबैखाले संशोधनवाद विशेषतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष गर्ने र वर्तमान प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाकाे विराेध गर्ने कम्युनिस्टहरुसँग भने पार्टी एकता गर्न तयार भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देशी विदेशी दुस्मनहरुसँग आत्मसमर्पण गरेको नेतृत्वसँग उहिल्यै सम्बन्ध विच्छेद गरेको उल्लेख गर्दै केही दिन यता माओवादी केन्द्रको मुल नेतृत्वको पार्टी एकताको कुरा बाहिर आइरहेको यस प्रकारको समाचारबाट दिग्भ्रमित नहुन पनि क्रान्तिकारी कम्युनिस्टहरुलाई बैद्यले आव्हान गर्नुभएको छ ।

प्रचण्डको पार्टी एकताको प्रस्ताव बारे क्रान्तिकारी माओवादीका अध्यक्ष किरणले विज्ञप्तिमार्फत् कडारुपमा भत्र्सना गरेपनि नेपाल कम्युनिस्ट पाटीका महासचिव विप्लवले कुनै प्रतिक्रिया जनाउनुभएको छैन ।

0 comments

Write Down Your Responses