राजधानीमा राज्य आतंक/गृहमन्त्रीको पहिलो निशानामा कलाकार
जेठ २९, काठमाडौं । प्रहरीले आइतबार राती सामना परिवारको कार्यालय रहेको लाजिम्पाटमा छापा मारेको छ । राती ८ बजेतिर ठूलो संख्यामा आएको प्रहरीले अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य प्रमोद गिरी सहित ९ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा अखिल क्रान्तिकारी सरस्वती इकाइ अध्यक्ष प्रभात भट्टराई, कलाकारहरु आरोह नेपाली, बुद्ध लामा, राजन सार्की, दिलिप महतो, राम पुन, दिवाकर कार्की, असल वाइबा छन् ।
काँग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री र माओवादी केन्द्रका नेता जनार्दन शर्मा गृहमन्त्री भएको साता नवित्दै राजधानीमा सुरु गरेको यो पहिलो ठूलो धरपकड हो । सामान्य अवस्थामा आफ्नो कार्यालय र निवासमा बसिरहेका विद्यार्थी नेता र कलाकारहरुको गिरफ्तारी राज्य आतंकको पराकाष्टा रहेको मानवअधिकार कर्मीहरुको ठहर छ । हाल उनीहरुलाई सिंहदरबार प्रहरी विटमा राखेको जनाइएको छ ।



0 comments
Write Down Your Responses