सम्पर्क मञ्चका केन्द्रीय सदस्य गिरफ्तार


karan sing badal

जेठ २९, काडमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालका सेतीमहाकली ब्यूरो इन्चार्ज करनसिंह बडाल ‘विद्रोही’ र सम्पर्क मञ्चका सदस्य लालबहादुर बडाल ‘मामा’ लाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँहरुलाई आइतबार राती बागबजार स्थित सम्पर्क मञ्चको केन्द्रीय कार्यालयबाट गिरफ्तार गरिएको हो । 

सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरले आज एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरुलाई अपहरण शैलीमा गिरफ्तार गरि अहिलेसम्म वेपत्ता पारेको हुनाले तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन् । उहाँले सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्न मानव अधिकारकर्मीहरु समक्ष समेत आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses