कलाकार सहित सम्पर्कका नेता रिहा
जेठ २९, काठमाडौं । सामना परिवारका कलाकारसहित सम्पर्क मञ्चका नेता–कार्यकर्ता रिहाई भएका छन् । आइतबार राती अकास्मात रुपमा ठूलो संख्यामा आएको प्रहरीले वहाँहरु बसेकै ठाउँमा खानतलासी गरी गिरफ्तार गरेको थियो । रिहाई हुनेहरुमा सामना परिवारका कालाकार आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरी, दिवाकर कार्की, राहुल, राजन सार्की, प्रभात भट्टराई, असल वाइवा, राम पुनमगर र जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य करनसिंह बडाल ‘विद्रोही’ र सम्पर्क मञ्चका सदस्य लालबहादुर बडाल ‘मामा’ रहेका छन् ।


0 comments
Write Down Your Responses