चितवनमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साउन १५, चितवन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल (क्रान्तिकारी) ट्रेडयुनियन महासंघको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भरतपुरको हाकिमचोकस्थित नमस्ते पार्टी प्यालेसमा आइतबार सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता महासंघका चितवन संयोजक पुरन राईले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर वि. सी. ले गर्नुभएको थियो । व्युरो सदस्य ध्रुव खड्का, ज.व.स. प्रमुख राजकुमार तिमिल्सेना, राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सदस्य रघुवीर शर्मा, जिल्ला अध्यक्ष अटल श्रेष्ठ, इलाका सेक्रेटरी, रणदिप, थारु राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय उपाध्यक्ष बुद्धि चौधरी, अखिल क्रान्तिकारीका चितवन जिल्ला अध्यक्ष प्रेम चौधरीलगायतले कार्यक्रमको आतिथ्यता ग्रहण गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि वि.सी.ले यतिबेला सबैभन्दा उत्पीडनमा मजदुरहरु रहेको, राज्यले मजदुरहरुका जायज मागहरुलाई सम्बोधन गर्नुको साटो नो वर्क नो पे, हायर एण्ड फायर र आन्दोलन गर्न नपाउने विभेदकारी नीति पारित गरी मजदुरहरुलाई दमन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति मार्फत् श्रमजीवि मजदुरहरुका अधिकारहरुलाई स्थापित गर्न जस्तो सुकै लडाईं लड्न आफ्नो पार्टी तयार रहेको कुरा राख्नु भयो । कार्यक्रमको सञ्चालक महासंघका उपाध्यक्ष ओम लामिछानेले गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses