राष्ट्रिय युवा जनस्वयंसेवकको चितवन जिल्ला भेला सम्पन्न

साउन १४, चितवन ।  नेपाल कम्युनिस्ट पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयंसेवक चितवनको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । होटल स्टार बैंकेट, चितवनमा शनिवार सम्पन्न भएको उक्त भेलाले अटल श्रेष्ठको नेतृत्वमा ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । राष्ट्रिय युवा जनस्वयंसेवकका महासचिव विवश राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ठ अतिथि नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर विसी र ब्युरो सदस्य ध्रुव खडका, ज.व.स., मोर्चाका अध्यक्षहरुले आतिथ्यता ग्रहण गरेका थिए ।

0 comments

Write Down Your Responses