राष्ट्रिय युवा जनस्वयमसेवकको चितवन र तनहुँ जिल्ला सम्मेलन भब्यरुपले सम्पन्न


भदौ ३०, काठमाडौंः  नेकपा निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवक चितवनको चौथो जिल्ला सम्मेलन २३ गते सम्पन्न भएको छ । सम्मेलनले अटल श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजादले प्रमुख आतिथ्यता, पार्टी केन्द्रीय सदस्य प्रज्वलनले विशेष आतिथ्यता ग्रहण गर्नुभएको थियो भने जिल्ला इन्चार्ज लालबहादुर बीसी, ब्युरो सदस्य लालबहादुर तामाङ, संगठनका केन्द्रीय सदस्य तथा ब्युरो संयोजक विरोचनलगायतको उपस्थिति रहेको थियो । सम्मेलनको पूर्वसन्ध्यामा वीरेन्द्र क्याम्पस भरतपुरबाट निस्केको विशाल जुलुश सहिद चोक हुँदै कार्यक्रम स्थल नारायणी किनारको जेसिस भवन पुगेको थियो ।

राष्ट्रिय युवा जनस्वयम सेवकको तनहुँ जिल्ला भेला भब्यरुपमा सम्पन्न भएको छ । १६ गते दमौलीमा सम्पन्न भएको भेलाले राजु विक ‘एटम’ को अध्यक्षतामा १७ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ । कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले प्रमुख आतिथ्यता, राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय महासचिव विवश राईले विशेष आतिथ्यता ग्रहण गर्नुभएको थियो भने नेकपा केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ लगायतको उपस्थिति रहेको थियो । भेलाको पूर्वसन्ध्यामा विशाल जुलुश निकालिएको थियो । जुलुशले दमाैली नगर परिक्रमा समेत गरेको थियो ।

0 comments

Write Down Your Responses