विप्लव निकट युवा संगठनको सुनसरी र झापा जिल्ला भेला सम्पन्न
भदौ ३१ः काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवक सुनसरीको चौथो जिल्ला भेला भब्यरुपमा सम्पन्न भएको छ । बिहिबार दुहवीमा सम्पन्न भएको भेलाले रोशन ढकालको संयोजकत्वमा १९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । कार्यक्रममा राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय महासचिव विवश राई, नेकपाका सुनसरी इन्चार्ज प्रज्वललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको पूर्वसन्ध्यामा विशाल जुलुश निकालिएको थियो, जुलुसले दुहवी नगर परिक्रमासमेत गरेको थियो ।
राष्ट्रिय युवा जनस्वयमसेवकको झापा जिल्ला भेला सम्पन्न भएको छ । शुक्रबार कन्काई नपा, सुरुङ्गामा सम्पन्न भएको भेलाले ताराबहादुर थापा ‘प्रशान्त’ को संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ । कार्यक्रममा राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय महासचिव विवश राई प्रमुख अथिति, नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज ‘सुमन’ विशेष अतिथि रहनुभएको थियो भने जिल्ला इन्चार्ज कृष्ण अधिकारी ‘उमेश’ लगायतको उपस्थिति रहेको थियो ।




0 comments
Write Down Your Responses