भ्रष्ट र दलालका विरुद्ध चनाखो बन्न महासचिवको निर्देशन
विराटनगरः नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्द्रीय महासचिव विवश राईले ‘विराटनगर मुलुकको महत्वपूर्ण आर्थिक नगरी भएको र यहाँ दलाल तथा भ्रष्टहरुको विगविगी हुने भएकोले युवाहरुले त्यस्ता तत्वहरुका विरुद्ध सदैव चनाखो हुनुपर्ने तथा जनसरोकार र राष्ट्रियताका पक्षमा काम गर्दै परिवर्तनका लागि आवश्यक पहलकदमी लिनुपर्ने’ बताउनुभयो । भदौ ३१ गते विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा सम्पन्न मोरङ जिल्ला भेलाको सम्बोधन गर्दै प्रमुख अथिति राईले सो कुरा बताउनुभएको हो । भेलाले कुमार खतिवडाको संयोजकत्वमा १९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज राजेन्द्र कार्की ‘नविन’ को विशेष आतिथ्यता रहेको उक्त कार्यक्रमको पूर्वसन्ध्यामा विशाल जुलुश निस्किएको थियो भने जुलुसले विराटनगर नगर परिक्रमासमेत गरेको थियो ।



0 comments
Write Down Your Responses