युवाको रुकुम र संखुवासभा जिल्ला सम्मेलन सम्पन्न
असोज ६, काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयम्सेवकको रुकुममा जिल्ला भेला र संखुवासभामा जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
रुकुमबाट प्राप्त समाचारअनुसार बिहिबार सम्पन्न भएको रुकुम जिल्ला भेलाले भास्कर मल्लको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो संयोजक पाटन राम्जालीको प्रमुख आतिथ्यता तथा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अटलको विशेष आतिथ्यता र पार्टीका राप्ती ब्युरो सदस्य गम्भीरलगायतको उपस्थिति रहेको थियो ।
संखुवासभाबाट प्राप्त समाचार अनुसार युवाको तेस्रो संखुवासभा जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार चैनपुरमा सम्पन्न भएको उक्त सम्मेलनले युवराज राईको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनमा राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्द्रीय महासचिव विवशको प्रमुख आतिथ्य, नेकपाका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज नवीनको विशेष आतिथ्य रहेको थियो भने संखुवासभा जिल्ला सेक्रेटरी दिब्य बराज, राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य तथा कोसी ब्युरो संयोजक देवलगायतको उपस्थिति रहेको थियो । भेलाअघि निस्किएको विशाल जुलुसले चैनपुर नगर परिक्रमा गरेको थियो ।




0 comments
Write Down Your Responses