मन्त्री बने राजेश हमाल

काठमाडौं, बैशाख १०
अभिनेता राजेश हमाल उर्जा मन्त्रीको भुमिकामा देखिएको चलचित्र ‘उज्यालो नेपाल’ले दुई दिनमा करिब १४ लाख दर्शक पाएको छ ।
गजवको अनलाई टिभीबाट २० अप्रिल अर्थात तीन दिन अगाडि सार्वजनिक चलचित्रले देशलाई उज्यालो बनाउन लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई बिषयको बनाएको छ ।
चलचित्रले उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियसक्त गरिएपछिका परिर्वतनलाई देखाएको छ ।
चलचित्रमा कलाकार समेत रहेका पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको भुमिकामा देखिएका छन् । चलचित्रमा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि केही हदसम्म देखाउन खोजिएको छ ।
शुभ मिडिया होम प्रालिले निर्माण गरेको चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।
https://youtu.be/thiLHXNQ5rE

0 comments

Write Down Your Responses