दुई चरणमा चुनाव गराउने सरकारी निर्णय

बैशाख १०, काठमाडौं
मन्त्री परिषदको बैठक सम्पन्न भएको छ । मन्त्रि परिषदको बैठकले चार वटा प्रस्ताव पारित गरेको छ । पारित गरेका प्रस्तावहरुमा संविधान संशोधनका लागि संशोधन प्रस्ताव माथि परिमार्जनलाई क्याविनेटबाट निर्णय गराई प्रस्ताव संसदमा दर्ता गर्ने, दुई चरणमा स्थानीय निर्वाचन सम्पन्न गर्ने ।
 निर्वाचन प्रदेश नंं. ३, ४ र ६ मा पहिलो चरण, बैशाख ३१ गते दोस्रो चरणको निर्वाचन प्रदेश नं. १, २, ५ र ७ मा जेठ ३१ गते निर्वाचन गराउने निर्णय गरेको छ । पहिलो चरणका निर्वाचनका लागि उमेदवार मनोनयनका लागि तोकिएको मिति भन्दा २/३ दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।
संशोधन प्रस्तावलाई फास्ट ट्र्‍याकमा पारित गर्ने र संशोधन पारित भए लगत्तै अधिकार सम्पन्न सिमांकन आयोग गठन गर्ने निर्णय गरेको छ । स्थानीय तहको संख्या पुनर्विचार गर्न पुरानै समिति, स्थानीय विकास मन्त्रि कमल थापा, कानुन मन्त्रि अजय शंकर नायक र शंकर भण्डारीलाई जिम्मा दिइने निर्णय गरेको छ ।

0 comments

Write Down Your Responses