विप्लवको सभामा प्रहरीको हस्तक्षेप
बैशाख ११, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले सोमबार काभ्रे र सुर्खेतमा आयोजना गरेको शान्तिपुर्ण सभामाथी प्रहरीले ज्यादती र बल प्रयोग गरेको छ ।
सोमबार स्थानीय चुनावको विरुद्ध सुर्खेतमा आयोजना गरेको सभामाथी प्रहरीले हस्तक्षेप गर्दै दुई केन्द्रिय सदस्य सहित पचास जना नेता कार्यकर्तालाई पक्राउ गरेको नेकपाका पोलिटव्यूरो सदस्य ओम प्रकाश पुनले जानकारी दिनुभयो ।
सुर्खेत बजार परिक्रमा गरेर नेताचोकमा सभा गर्न लाग्दा प्रहरीले केन्द्रिय सदस्यद्वय सविता सिंह र हिमाल सहित जिल्ला इन्चार्ज ध्रुव र सेक्रेटरी यमराजलाई पक्राउ गरी जिप्रका सुर्खेतमा राखेको जानकारी दिनुभयो ।
यस्तै गरी काभ्रेको बनेपामा सभा गर्नका लागि तयार गरिएको मञ्च प्रहरीले भत्काइदिएको पार्टी केन्द्रिय सदस्य बाबुराम गजमेरले जानकारी दिनुभयो ।
सभामा सहभागी हुन आएका जनसमुदायका गाडीहरुलाई पनि प्रहरीले भकुण्डे वेशीमा रोकेर राखेको जानकारी दिनुभयो ।
प्रहरीको दमनका वावजुद काभ्रेको बनेपामा नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले सभालाई सम्बोधन गर्दै लोकतन्त्रको नाममा प्रचण्ड सरकारले फाँसिवाद लादिरहेको बताउनुभएको छ ।
शहरमा प्रहरीको धेराभित्र शान्तिपुर्ण सभालाई दमन गर्नेहो भने गाउँमा तिमीहरुले गर्न लागेको चुनाव हुन नदिने तागत नेकपासंग रहेको बताउनुभयो । सो सभालाई पार्टी पोलिटव्यूरो सदस्य पदम राइले समेत सम्बोधन गर्नुभएको थियो ।



0 comments
Write Down Your Responses