विप्लवका युवा अध्यक्ष गिरफ्तार
ललितपुर , ११ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय युवा जनस्वयंंसेवक ललितपुरका अध्यक्ष सुरेश लामालाई प्रहरीले आज गिरफ्तार गरेको छ ।
लगनखेलमा आज अपरान्ह सडकमा हिडिरहेको अवस्थामा लामालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई गिरफ्तार गर्नुको करणबारे ललितपुर प्रहरीले केही बताएको छैन ।
विनाकारण गिरफ्तार गरेको हुनाले संगठनले अविलम्व हिराइको माग गरेको र तत्काल रिहाइ नगरिए कडा भन्दा कडा संघर्ष गरिने संगठनका केन्द्रिय सचिव केशवले बताउनुभयो ।



0 comments
Write Down Your Responses