प्रतिरोधमा जुट्न धर्मेन्द्रको आग्रह



बैशाख १७, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले छलफल मात्र गरेर हँदैनप्रतिरोधमा जान आवश्यक छ भनेका छन् । आइतवार काठमाडौंमा भएको नेपालमा जल स्रोत तथा जलविद्युत विकास अन्तरक्रिया कार्यक्रममा बताएका हुन् ।
प्राकृतिक श्रोत साधन प्रचुर छ भने र त्यसको उपयोग सहि तरिकाले नगर्दा विदेशी चलखेलले युद्ध निम्त्याउने खतरा रहेको बताएका छन् । सत्ता स्वार्थका लागि प्राकृतिक श्रोत साधन तिलाञ्जली दिने संसदवादीहरुको कारण जलविद्युतको विकासमा कठिनाई भइरहेको बताएका हुन् । सो कार्यक्रममा नेपालमा जलस्रोत तथा जल विद्युत विकास भन्ने कार्यपत्र गोपाल सिवाकोटी चिन्तनले प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा उनले अहिलेसम्म् भएका जलस्रोत सम्बन्धी भएका सन्धी सम्झौताले के पायौं र के गुमायौं भन्ने कुराको अध्ययन नभएको बताए । जल तथा उर्जा आयोग थिङ्ट्याङ्क हुनु पर्नेमा त्यो हुन नसकेको बताए । नेपालको ठूला नदीनाला ५ ओटा छन् । ती पनि १५÷२० वर्षको अन्तरालमा सन्धी सम्झौता भएर भारत जाँदैछन् भन्ने कुरा उल्लेख गरेका छन् । उनले बुट सिस्टमबाट जलस्रोतका परियोजना भारतलाई दिने कुरा खतरनाक रहेको उल्लेख गरेका छन् । भारतले नदि जडान योजनाका आधारमा तराईमा बाँध बाँधेर जालासय बनाइरहेको बताएका छन् । पाकिस्तान र भारतको बीचमा युद्ध भइरहने कस्मिर पनि पानीको मुहानका कारण युद्ध भइरहेको तथ्य उल्लेख गरेका छन् । उनको कार्यपत्रमाथि टिप्पणी गर्दै परराष्ट्र विद हिरण्यलाल श्रेष्ठले पुर्व पश्चिम च्यानल बनाएर नेपाल भित्रको पानी नेपाल भित्रै उपयोग गर्नुपर्ने तर्क राखेका छन् ।
विजुलीको विकल्प छ तर पिउने पानीको विकल्प छैन । जल उपयोग नीति निर्माण गरी पानी नभएको क्षेत्रमा पानी पुगाउनुपर्नेमा उनको तर्क थियो । यसैगरी अर्का टिप्पणीकता रा.ज.मो.का प्रचार विभाग सदस्य अनिल केशरी घिमिरेले युरोपले विजुली बालेको दुई दशक पछाडि नेपालमा विजुली बलेको कुरा उल्लेख गर्दै शासक पार्टीले जनता र देशको आवश्यकता अनुसार जलश्रोत उपयोग नीति बनाउन नसक्दा अहिले भारतबाट विजुली खरीद गरेर बाल्नुपरहेको बताए ।
त्यसैगरी अर्का जलश्रोत विज्ञ रत्न संसार श्रेष्ठले सरकारले विद्युत नीति बनाएर काम गरेपनि हाम्रो लागि नभएर भारतको लागि काम गरिरहेको बताए । बुढीगण्डकी आयोजना बहुउद्देश्य बनाउनु पर्नेमा उनको जोड थियो । उनले कुलमान र जनार्दन शर्मालाई देवत्वकरण गर्न आवश्यक नभएको बताए ।
त्यसैगरी अर्का जलस्रोत विद द्धारिकानाथ ढुंगेलले नेता मै जान्ने, कर्मचारी यो कुर्सी मेरै मात्र हो भन्ने मानसिकताबाट काम गछन् । अध्ययन र अनुसन्धान छैन । कोसीहरुको बारेमा संयुक्त अध्ययन गरी ठोस धारण बनाउन आवश्यक रहेको बताए ।
त्यसै गरी उर्जा तथा जल आयोगका सचिव मधुसुधन अधिकारीले पहिलेको अनुसन्धानले के भनेको छ भन्ने कुरा भन्दा पनि मलाई जे लाग्यो त्यही गर्ने मानसिकताका कारण जलश्रोतको क्षेत्रमा विकास हुन नसकिरहेको बताए । उनले थोरै हुँदा कसरी उपयोग गर्ने, बढि हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने कुराको ठोस नीति बनाउनु पर्ने बताए ।
त्यसैगरी अर्का टिप्पणी कर्ता चेतेन्द्र जंग हिमालीले कोठाभित्र बसेका मिटिङले केही बस्न नसक्ने बताउँदै राष्ट्रियताका नाममा मर्न तयार हुन आवश्यक रहेको बताए ।
यसैगरी अका जलस्रोत विद रघु घिमिरेले पहिले बाम्पन्थीहरुदले सामन्तको जाली तमसुक च्याते जसरी झोलामा खोला राख्नेहरुको लाइसेन्स च्यात्न र सिमामा बाँधिएका बँध भत्माउनलाई तयार हुनुपर्ने बताए ।
अन्तरक्रियाको समापनमा बोल्दै स्थायी समित सदस्य धर्मेन्द्र वास्तोलाले जो सुकै जनताको एजेण्डा छोडेर संसदवादमा गए पनि जनताको समस्या समाधान नहुने बताए । एकचोटी सुर्य डुबेपछि फेरी उदाउँदैन भन्ने सोच्न नहुने भन्दै विज्ञहरुलाई निरास नहुन आग्रह समेत गरेका छन् ।
उक्त अन्तरक्रिया कार्यक्रमले नेपालमा जलस्रोत सम्बन्धी १० बुँदे प्रस्ताव समेत पास गरेको छ ।

0 comments

Write Down Your Responses