गोपाल पराजुली रातारात का.वा. प्रधान न्यायधिस नियुक्त, कार्की माथिको महाभियोगको हस्ताक्षर किर्ते



बैशाख १७, काठमाडौं ।
प्रधानन्यायाधीश सुशीला कार्की महाअभियोग लागेर निलम्बनमा परेलगत्तै न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् ।

पराजुलीले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको आधारमा कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन् । सोमबार सार्बजनिक विदा भएकाले आइतबार बेलुकी नै पराजुलीले कार्यबाहकको जिम्मेवारी सम्हालेको स्रोतले बतायो ।

सरकारको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाउँदै सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आजै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका मिन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका टेकबहादुर बस्नेत समर्थक रहेको महाअभियोग प्रस्तावमा २५९ सांसदको हस्ताक्षर छ ।

यद्यपी हस्ताक्षरकर्ता मध्ये राधेश्याम अधिकारीले आफूले हस्ताक्षर नगरेको बताए तर उनको हस्ताक्षर १४७ औं नम्बरमा छ त्यसो भए म हस्ताक्षर फिर्ता लिन्छु भनेका छन् । यसै गरी ६२ नम्बरमा हस्ताक्षरकर्ताको सुचिमा रहेका सांसद सम्भुलाल श्रेष्ठले झुक्याएर हस्ताक्षर गराएको बताए । लोकमानको पालामा विद्युत ट्रान्सफर्मर दिने भनेर हस्ताक्षर गराए अहिले पनि झुक्याए ।

माओवादी भन्ने पार्टीले फेरी किर्ते गर्‍यो भन्दै गुनासो गरेका छन् । हस्ताक्षरमा प्रचण्डको नाम उल्लेख भएपनि हस्ताक्षर गरेका छैनन् । गृहमन्त्री विमलेन्द्र निधिले समेत महाअभियोगमा असन्तुष्टि जनाउँदै आजै राजीनामा दिएका छन् ।

0 comments

Write Down Your Responses