राज्यलाई ठग्दै डा. महत
बैशाख ११, काठमाडौं ।
ललितपुरको एक ब्रुअरी (वियर उत्पादक कम्पनी) लाई बचाउन पूर्व अर्थमन्त्रि रामशरण महतले एक्काइस अर्व राज्यकोष हानी गराएका छन् ।
उक्त वियर कम्पनीले ठूला करदाता कार्यालय दलितपुरमा ०७० सम्म मुल्य अभिवृद्धि कर बापत ४० करोड १४ लाख बुझाउनुपर्ने थियो ।
बुझाउनु पर्ने रकम मिनाहा गर्न उनले आयकर ऐन ०५८ ले विस्थापन गरेका कर फस्र्योट आयोग गठन गरी उत्त वियर कम्पनीलाई ४० करोड कर मिनाहा गराई १४ लाख राज्यकोषमा दाखिला गराएको एक सरकारी प्रतिवेदनले खुलासा गरेको छ ।
उक्त वियर कम्पनी जोगाउन उनले बनाएको आयोगमा १ हजार ७ सय २६ करदाताले निवेदन दिएका थिए । ति मध्ये १ हजार ६९ निवेदन आयोगले फस्र्योट गरेको हो ।
फस्र्योट गरेको आधारमा राज्यलाई २१ अर्व घाटा भएको बताइएको छ ।
महालेखा परीक्षक कार्यालयले २०७३ चैत्र ३० मा राष्ट्रपति विद्या देवी भण्डारीलाई वार्षिक प्रगति विवरणको प्रतिवेदन बुझाउँदै यो कुरा उल्लेख गरेको होल । महालेखाको प्रतिवेदन अनुसार ४० अर्व ८३ करोड रुपैया कर नतिरी बसेको १ हजार ७ सय २६ ले निवेदन दिएका थिए । सरकारले विगतमा बनाएको यस्ता आयोगका सदस्यहरु समेत यसरी कर मिनाहा छुट दिएकोमा आश्चर्य चकित भएका छन् ।
२०७० मा रामशरण महत अर्थ मन्त्रि भएको बेला चार्टर एकाउण्टेन लुम्बध्वज एलडी महत अध्यक्ष अर्का चार्टर एकाउण्टेन उमेश ढकाल र सदस्य सचिवको रुपमा राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा रहेका थिए । कर फस्र्योट आयोग आफैंमा कानुनी नभई प्राविधिक भएको पुर्व अर्थ सचिव रामेश्वर खनालको भनाइ रहेको छ ।
विगत सरकारले गरेको राज्यकोष घाटा हुने यस्ता कुकृत्य बारे वर्तमान सरकार मौन वस्नुले व्यापारी, प्रशासक, नेता सबैको मिलिभगत रहेको राजस्व विभागका कर्मचारीहरुको भनाई रहेको छ । स्रोत नेपाल साप्ताहिक ।
9 comments
Write Down Your Responses



April 25, 2017 at 9:39 AM
सरबस्वहरण सहित सश्रम कठोरतम कारबास
April 25, 2017 at 9:39 AM
सरबस्वहरण सहित सश्रम कठोरतम कारबास
April 25, 2017 at 2:20 PM
Torunta karbahi sura garnu parxa yeo Nepali jantako petma lat hanne kamgerako xa!!!
April 25, 2017 at 2:20 PM
Torunta karbahi sura garnu parxa yeo Nepali jantako petma lat hanne kamgerako xa!!!
April 25, 2017 at 10:07 PM
Saaraii lajjaspat kukrita
April 25, 2017 at 10:26 PM
भ्रस्टाचारी र जालसांझहरु को औषधि भनेकै तिनीहरुलाई सर्बजनिक स्थानमा जनताहरुको माझ मृत्युदंड दिनु हो....जून हरेक बिकसित राष्ट्रको कानूनमै छ...ति देसहरु बिकसित भए सिर्फ एउटै कारणले, त्यों हो त्यहाको कानून बेबस्था जसले भ्रस्टहरु भेटे की यमराजको दरसन गैरइदी हाल्छन.... एस्ता हरु कहिले पनि सुधृदैनंन.....उनीहरुको सुधरिणि मनसाये नै हुँदैन र एस्ता जिउँदो रहे आफु मोटाउँदै जान्छन र सींगो देस र समाजलाई नै खोक्रो बनाउँछ.....जय नेपाल
April 26, 2017 at 3:00 AM
Haldeonai mukhama mula tyo mukh bange mahatko, ghamat daka desh lutaha dalal byaparilai kar chhut garnu bhaneko afna gothma badhiraheka gaiharumathi ago launu jastai ho.
April 26, 2017 at 5:18 AM
यो समाचार अर्ध सत्य हो/ ललितपुरको ब्रुअरी (वियर उत्पादक कम्पनी) हैन चितवनको ब्रुअरी (वियर उत्पादक कम्पनी) हो/ गलत समाचार प्रेषित गरि भ्रम सिर्जना नगरौं/ भुल सुधार गरि समाचार प्रेषित गर्नुहोस/
April 26, 2017 at 9:38 PM
Bloddy idiot! karmachari lai pension dina lai rajya kosh le dhanna sakdaina vancha ani aafai yesto kam garchha sala nepal ka yesta neta haru lai ta line ma rakhera ..... thoknu parne ho