लामालाई नछाडे संघर्षमा जानेः जनस्वयंसेवक
बैशाख १३, काठमाडौं ।
गिरफ्तार गरिएका राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रिय सदस्य सुरेश लामालाई तुरुन्त रिहाइ गर्न राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रिय समितिले माग गरेको छ । बुधबार राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रिय अध्यक्ष झकबहादुर मल्लले एक प्रेस विज्ञप्ती जारी गरी सो कुरा बताएका छन् ।
विज्ञप्तीमा शान्तिपुर्ण हिँडडुल गर्न पाउने, संघ संगठनमा आवद्ध हुन पाउने नैसर्गिक हक अधिकारको ठाडो उल्लंघन गर्दै सोमबार लगनखेलबाट गिरफ्तार गरि लामालाई चरम यातना साथ प्रहरीको हिरासतमा राखेको जनाउँदै प्रहरी प्रशासनको उत्त रबैयाको घोर भत्र्सना गर्दछौं भनिएको छ ।
लामालाई तुरुन्त रिहा नगरे संघर्षमा जान वाध्य हुने छौं । त्यसबाट उत्पन्न हुने परिणामको ललितपुर प्रहरी प्रशासन जिम्मेवार हुनुपर्ने मल्लले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।




0 comments
Write Down Your Responses