यो सरकार ध्रुवे हात्ती जस्तै– ओली

वैशाख १२, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकार ध्रुवे हात्ती जस्तै भएको टिप्पणी गरेका छन् । डीआईजी नवराज सिलवाललाई पक्राउ गरेको भन्दै उनले कानुन हातमा लिने काम नगर्न सरकारलाई चेतावनी दिए ।

सोमबार व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री ओलीले नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई विना कारण पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरे ।

लोकतन्त्र भनेको अराजकतन्त्र होइन भन्दै ओलीले अघि भने, ‘हुन त यो सरकारलाई कताको लोकतन्त्र, कताको कानुन । चितवनतिर ध्रवे हात्तिको कुरा सुनेको थियो । ध्रुवे हात्ति जस्तै छ यो सरकार ।’

कानुन राज हुन्छ कि स्वच्छाचारी राज रु भन्ने प्रश्न गर्दै उनले अघि भने, ‘बहालहाला डीआईजीलाई विना आरोप गैरकानुनी गिरफ्तार गर्नुहुन्छ भने सर्वसाधारणलाई के गर्नु हुन्छ रु बाँच्न पाउनु पर्‍यो नि हजुर ।’

आईजीपी नियुक्तिमा सरकारले तमासा देखाएको भन्दै उनले डीआईजीहरूको कार्यसम्पादन मूल्यांकन पनि सरकार नै हेरफेर गरेको आरोप लगाए ।

नेपाली कांग्रेसतर्फ संकेत गर्दै उनले कुनै एक डीआईजीलाई आईजीपी बनाएर चुनाव जित्छु भन्ने सपना नदेख्न चेतावनी दिए ।

0 comments

Write Down Your Responses