ठमेलको यो विजोग

बैशाख १८, काठमाण्डौं ।
राजधानको एक मात्र पर्यटकीय नगरिको परिचय बोकेको ठमेलको बाटो ढल निर्माणका नाममा भत्काएको दुई साता बितिसक्दा पनि नबन्दा ब्यापारी र बिदेशी पर्यटक मर्कामा परेका छन् ।स्थानीय पत्रिका पसले बिस्नु श्रेष्ठले भने काठमाडौं गेस्ट हाउसको ढल जाम भएपछि काठमाडौं वडा नम्बर १६ ले बनाउन सुरु गरेपनी समयमा काम नसक्दा पर्यटकहरु मर्कामा परेको बताए ।
केही दिन बाट पानी पर्न सुरु भएपछी असारमा रोपाइँ गर्न ठिक्क पारेको जस्तो हिलाम्मे भएको बताए ।
हिलोको कारण पर्यटक त्यो बाटो हिड्न छाडेपछी ब्यापार कम हुन थालेको ठमेलका ब्यापारी बताउँछन् ।
ठुला व्यपारीको समस्या हल गर्न खोज्दा हामीलाइ मर्का परेको छ, सरोकार राख्ने निकायले कुरो बुझेन भन्ने गुनासो छ उनिहरुको ।



0 comments
Write Down Your Responses