मजदुर दिवसमा विप्लवको शुभकामना

बैशाख १८, काठमाडौं ।
१२८ औं श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विश्व र नेपालका श्रमिक वर्गलाई एक प्रेस विज्ञप्ती जारी गर्दै शुभकामना दिएका छन् । श्रमिक वर्गको महान पर्वले विश्वका श्रमिक वर्गमा एकता नयाँ उचाईमा उठोस् भन्ने कामना गर्दै उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि श्रमिक वर्गको महत्वपुर्ण भूमिका हुने बताएका छन् ।
नेपाल र नेपाली श्रमिक वर्ग दलाल पुँजीवादी सत्ताको उत्पिडन भित्र रहेको जनाउँदै दलाल पुँजीवादी सत्ता मिल्काउन र देशलाई स्वाधिन बनाउन एकीकृत जनक्रान्तिको मार्गमा लामबद्ध हुन आग्रह समेत गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा मजदुर वर्गको विचार चेतना बिद्रोह उद्देश्यसँग जोडिएको दिन भएको बताएका छन्
यसैगरि १२८ औं अन्तराष्ट्रिय श्रमिक दिवस नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले त्रिचन्द कलेजको सभाहलमा एक कार्यक्रम गरी मनाएको छ ।
१८६१ मा अमेरिकाको शिकागो शहरका धागो कारखानामा काम गर्ने मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राख्दैआन्दोलन गरेका थिए । सोही दिनलाई स्मरण गर्दै विश्वभर मे १ का दिन मजदुर डेका रुपमा मनाउने गरेका हुन् ।



0 comments
Write Down Your Responses