अमेरिकाको हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु
वैशाख १८, वासिङटन ।
इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) लडाकूविरुद्ध जारी अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार (हिजो) सो जानकारी दिएको छ ।
सिरिया र इराकमा भएका ती हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्म भएको थियो । सो समयमा आइएस लडाकूविरुद्ध जारी रहेका हवाई आक्रमणमा मारिएका सर्वसाधारणको तथ्यांक आइतबार (हिजो) सार्वजनिक गरिएको थियो ।
पेन्टागनकाअनुसार सन् २०१६ नोभेम्बरबाट २०१७ मार्चसम्म भएका आइएसविरुद्ध जारी रहेको हवाई आक्रमणमासमेत कम्तीमा ४५ सर्वसाधारणको मृत्यु भएको थियो ।
लन्डनआवद्ध एम्नेस्टि इन्टरनेसनलका अनुसार संयुक्त गठबन्धन सेनाद्धारा सिरियामा मात्र भएका ११ वटा हवाई आक्रमणमा कम्तीमा ३ सय सर्वासाधारणको मृत्यु भएको थियो । रासस/सिन्ह्वा



0 comments
Write Down Your Responses