विप्लवले गरे जनवादी स्रस्टाहरुलाई सम्मान



 बैशाख १३, काठमाडौं ।
आमालाई सहिद हुने चिठी लेख्दै सहिद भएकाहरुको अधुरो सपना पुरा गर्न नेपाल कम्युनिस्ट पार्टी तयार रहेको पार्टीका महासचिव विप्लवले बताउनुभएको छ । बुधवार राष्ट्रिय नाचघर जमलमा जनसाँस्कृतिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले सो कुरा बताउनु भएको हो ।

जसले पनि बन्दुक हामीसँग कति छ भन्ने कुरा सोध्छन् बन्दुक मुख्य कुरा होइन इच्छा शक्ति मुख्य कुरा हो । जनवादी गायक रायन श्रेष्ट, जेवी टुहुरे, खुसीराम पाख्रीन, जीवन शर्मा र कवि पूर्ण विरामलाई नगद २५ हजार सहित सम्मान गर्दै सो कुरा बताउनु भएको हो ।

 विदेसी दलालीकृत मानसिकताले देस चल्न सक्दैन भन्दै पार्टी चलाउन दिल्लीको अगाडी लैनचौर गएर भिख माग्न नपर्ने अनुभव २ वर्ष पार्टी संचालन गर्दा हाँसिल गरेको बताउनुभयो ।

नेताहरुले ठूलै मुल्य चुकाउनुपर्ने र मुल्य चुकाउन सबै भन्दा पहिले नेता तयार हुनुपर्नेमा वहाँको जोड थियो । जीवनभर योगदान गर्ने र कम्युनिस्ट आन्दोलनमा जीवन व्यतित गर्ने योद्धालाई संरक्षण गर्ने बताउनुभयो । वहाँले कम्युनिस्ट पार्टीमात्र होइन समाज र संस्कृतिको निर्माण गर्न चाहेको बताउनुभयो ।

दिनभर कम्युनिस्ट बन्ने साँझमा मन्दिर गएर मन बहलाउने कार्य छोडाउन नयाँ संस्कृतिको विकासकारुपमा समाज गृह निर्माण गर्ने सहिद र पिता पुर्खा सम्झने केन्द्र बनाउने बताउनुभयो ।

सम्मानित हुँदै जनवादी गायक रायनले कलुषित हातहरुबाट आफू सम्मानित हुन नचाहेको विगत सरकारले गर्न खोजेको सम्मान ग्रहण नगरेको बताउनुभयो । वहाँले जनताको पक्षमा संघर्ष गर्न कम्युनिस्ट पार्टी सदैव तयार रहने आशा राखेको बताउनुभयो । बैचारिक स्खलन भए आफूलाई गरिएको सम्मानबाट आफू लज्जित हुनु पर्ने अवस्थामा नपुगाउने आशा रहेको बताउनुभयो । वहाँले हाम्रो झण्डाको रातो  रङ हाम्रो तातो रातो रगतले यसलाई रङ्ग्याई उठाउँ भन्ने बोलको गीत गाएर सुनाउनुभएको थियो । वहाँले गीत गाउँदा कार्यक्रममा उपस्थित दर्शकहरुले उत्साहित हुँदै ताली बजाएर सम्मान गरेका थिए ।

अर्का सम्मानित साँस्कृतिक योद्धा जेवी टुहुरेले देस जनतालाई, जनता देशलाई, कोही पनि आफ्नो हुन्न भ्रष्टचारीलाई भन्ने बोलको गित गाउनु भएको थियो । त्यसै गरी सम्मानित योद्दाहरु खुसीराम पाख्रीन, जीवन शर्माले गीत गाएर सुनाउनु भएको थिायो ।कवि पूर्ण विरामले अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ भन्ने कविता वाचन गर्नु भएको थियो ।



0 comments

Write Down Your Responses