फेरी सिमांकन हेरफेर

बैशाख १४, काठमाडौं ।
प्रदेश सिमांकनको विवाद कायमै रहेको बेला रुकुम जिल्ला, नवलपरासी जिल्लाका केही ठाउँहरुको सिमांकन हेरफेर गरेको छ ।

 बुधवार बसेको मन्त्रि परिषदको बैठकले रुकुम जिल्लाको सिस्ने लगायत ११ वटा गाउँ विकास समितिलाई ५ नम्बर प्रदेशमा राख्ने, नवलपरासी जिल्लाको त्रिवेणी गा.वि.स.को केही वडा ४ नम्बर प्रदेशमा गाभ्ने निर्णय गरेको छ ।

बुधवार अपरान्ह बसेको बैठकले रुकुमका बाँकी गा.वि.स.लाई ६ नम्बर प्रदेशमा नवलपरासी जिल्लाको त्रिवेणी गा.वि.स.को वडा नम्बर ६ र ७ लाई विनही गाउँपालिकामा गाभी प्रदेश नम्बर ४ मा समावेश गर्ने निर्णय गरेको सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses