किम जोङको हत्या गर्ने अमेरिकी योजनाको खुलासा

वैशाख २४, काठमाडौं । अमेरिकाले उत्तर कोरियाका नेता किम जोङको हत्या गर्न बनाएको योजना एक्सपोज भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्या गर्ने योजना कार्यान्वयनको जिम्मा अमेरिकी गुप्तचर संस्था (सीआइए) लाई दिएको खुलासा हुन गएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार सोही योजना पूरा गर्न सीआइएका निर्देशक दुईओटा अत्याधुनिक ‘सुपरसोनिक बी १ बी ल्यान्सर बम्बर’ विमानसहित दक्षिण कोरिया आएका थिए ।
जैविक रासायनिक (बायोकेमिकल) पदार्थ प्रयोग गरी हत्या गर्ने षड्यन्त्र योजना बनाएको उत्तर कोरियाले दाबी गरेको छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएकाअनुसार अमेरिकाले दक्षिण कोरियाली गुप्तचर संस्था (आइएस) को सहयोगमा बायोकेमिकल पदार्थ प्रयोग गरी हत्या गर्ने योजना बनाएको हो ।
भेटवार्ताका लागि परिस्थिति सिर्जना गर्ने भन्दै सीआइएका निर्देशक दक्षिण कोरिया आएको भनिएपनि उनी नेता उनको हत्या गर्ने योजनासहित आएको खुलासा उत्तर कोरियाले गरेको छ । उत्तर कोरियालीले परिचालन गरेको विशेष सूत्रले ट्रम्पको उक्त योजना पत्ता लगाएको हो ।
अमेरिकी गुप्तचर संस्था दक्षिण कोरियाली चरमपन्थी संगठनको प्रयोग गरी बायोकेमिकल पदार्थसहित उत्तर कोरिया प्रवेश गरेको भन्दै योजनामा सहभागीलाई खोजी–खोजी मार्ने उत्तर कोरियाली रक्षामन्त्रालयले चेतावनी समेत दिएको छ ।


0 comments
Write Down Your Responses