किङ्स इलाभेन पञ्जाव विजयी, प्लेअफमा पुग्ने संभावना बलियो

बैशाख २७, काठमाण्डौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत मंगलबार राती भएको खेलमा किङ्स इलाभेन पञ्जाव विजयी भएको छ ।
विजयी भएसँगै उसको प्लेअफमा पुग्ने संभावना कायमै रहेको छ । मोहालीमा भएको खेलमा पञ्जावले कोलकतालाई २४ रनले हराउँदै शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने संभावना कायमै राखेको हो ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन मात्रै बनाउन सक्यो । उसकालागि क्रिस लिनले ८४ तथा सुनिल नरिन र मनिष पाण्डेले समान १८ रन बनाउका थिए । पञ्जावका मोहित शर्मा  राहुल तेवातियाले दुई–दुई विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको पञ्जावले ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । उसका लागि ग्लेन म्याक्सवेलले ४४, ऋद्धिमन शाहले ३८ तथा मनन बोहराले २५ रन बनाए । कोलकताका क्रिस वोक्स र कुलदीप यादवले दुई–दुई विकेट लिए ।


दुई खेल बाँकी हुँदा पाँचौ स्थानमा रहेको पञ्जावको १२ अंक भएको छ । उ चौथो स्थानको हैदरावाद भन्दा तनि अंकले पछि छ । दोस्रो स्थानको कोलकताको १६ अंकसहित तालिकाको शीर्ष स्थानमा भने मुम्बई इन्डियन्स रहेको छ ।

0 comments

Write Down Your Responses