फरार रहेका अपराधी म्यादी प्रहरीमा



बैशाख २७, सुर्खेत । अदालतबाट दोषी ठहर भई फरार रहेका बालकृष्ण राना म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ ।

फरार रहेका अभियुक्त पनि म्यादीमा भर्ना भएको रहस्य खुलेपछि प्रहरीले ती व्यक्तिलाई सुर्खेतबाट पक्राउ गरेको हो ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका अनुसार केही दिन अघि गुमी ५ सुर्खेत स्थायी घर आएका रानालाई पक्राउ गरी फैसला कार्वान्वयनका लागि सुर्खेत जिल्ला अदालतमा बुझाएको छ ।

चैत २५ गते सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीमा भर्ना भएका उनी तालिम पुरा गरी स्थानीय तहको निर्वाचन खुरक्षामा खटिइसकेका थिए ।

0 comments

Write Down Your Responses